रियल मड्रिडले गर्‍यो शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी

रियल मड्रिडले गर्‍यो शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी
+
-

रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एइबरलाई रियल मड्रिडले ३–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा मड्रिडलाई जिताउन करिम बेन्जिमा, लुका मोड्रिक र लुकास भाज्क्वेजले गोल गरे । एइबरका लागि किकेले एक गोल फर्काएका हुन् ।

बेन्जिमाले छैतौँ तथा माड्रिडकले १३ औँ मिनेटमा गोल गरि रियल मड्रिडलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा किकेले एइबरका लागि एक गोल फर्काए ।

इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा भाज्क्वेजले गोल गरेपछि रियल मड्रिडले जित दर्ता गरि दोस्रो स्थानमा उक्लिएको हो । उसको १४ खेलबाट २९ अंक भएको छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि २९ अंक नै छ ।

पराजित भएको एइबर १५ अंकसहित १४ औँ स्थानमा छ । आइतबार राति भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेस, ग्रानाडाले रियल बेटिस तथा गेटाफेले काडिजलाई समान २–० ले पराजित गरेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष