
लेस्टर सिटी महत्वपूर्ण जित निकाल्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा लेस्टर सिटीले टोटनह्यामलाई २–० ले पराजित गरेको हो ।
लेस्टरको जितमा जेमी भर्डीले गोल गरे । यस्तै टोटनह्यामका अलडेविइलेल्डले आत्मघाति गोल गरे । भर्डीले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । ५९ औँ मिनेटमा अलडेविइलेल्डले आत्मघाति गोल गरे ।
जित निकालेको लेस्टर सिटी १४ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ । पराजित भएको टोटनह्याम पाँचौँ स्थानमा झरेको छ । उसको १४ खेलबाट २५ अंक छ ।