खेल सुरु भएको ६ सेकेण्डमै गोल

खेल सुरु भएको ६ सेकेण्डमै गोल
+
-

एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ए फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् ।

२१ वर्षका पोर्चुगिज खेलाडी लिएओले हाकान काल्हानोग्लुको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि सन् २००१ को डिसेम्बर २ मा फियोरेन्टिनाविरुद्ध पिएसेन्जाका पाओलो पोग्गीले ८.९ सेकेण्डमा गोल गरेका थिए ।

आइतबार रातिको खेलमा एसी मिलानका लागि २६ औँ मिनेटमा एलेक्सिस सेलरमेकर्सले गोल गरे । २–१ ले पराजित भएको सासुओलोका लागि ८९ औँ मिनेटमा बेरार्डीले एक गोल फर्काएका हुन् ।

जितपछि शीर्ष स्थानको एसी मिलानको १३ खेलबाट ३१ अंक भएको छ ।
आइतबार राति नै भएको खेलमा स्पेजियालाई २–१ ले पराजित गरेको इन्टर मिलान १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष