
उड्डयन सुरक्षा सम्बन्धी युरोपियन एजेन्सी (इएएसए) का प्रमुखले अमेरिकी विमान कम्पनी बोइङ्गको ७३७ म्याक्स उडानका लागि अब सुरक्षित रहेको बताएका छन् ।
इएसएसएका कार्यकारी निर्देशक प्याट्रिक कीले विमानको सम्पूर्ण पक्ष अवलोकन गरिएको र उडानका लागि सुरक्षित देखिएको बताएका हुन् ।
लगातार दुईवटा दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि बोइङ्गको सबैभन्दा राम्रो बिक्री भएको विमान ७३७ म्याक्स ग्राउण्डेड भएको हो । सन् २०१९ को मार्चदेखि ती विमान ग्राउण्डेड छन् ।
अमेरिका र ब्राजिलमा यसअघि नै सो विमानले उडानका लागि स्वीकृति पाइसकेको छ।