हुम्लामा हट्दै न्येलु प्रथा

बहुपति प्रथाका कारण हुम्लाको दुर्गम गाउँमा केटालाई विवाह गर्नै कठिन!

बहुपति प्रथाका कारण हुम्लाको दुर्गम गाउँमा केटालाई विवाह गर्नै कठिन!
+
-

लिमी- हुम्ला जिल्लाको हिमालपारीको गाउँ लिमीमा केटालाई विवाह गर्न सारै गाह्रै छ। सुन्दा अचम्म लाग्ला तर यो यथार्थ हो। किनकी यो ठाउँमा बहुपति प्रथा र न्येलु प्रथा प्रचलनमा रहेको छ।

यहाँका युवतीहरु जिल्ला बाहिर (विशेष गरी काठमाडौं र भारत) मा अध्ययन गर्न गएपछि गाउँमा फर्कन नै मान्दैनन्। गाउँमा केटीहरुको सङख्या कम भएपछि केटाहरुलाई विवाहको लागि समस्या पर्न थालेको हो।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को ‘हिमालपारीको गाउँ, लिमी’ का तीनवटै बस्तीमा धेरै पहिल्यैबाट न्येलु प्रथा चल्दै आएको हो। न्येलु प्रथा अर्काको बच्चा जन्माएर बाबुले व्यवस्था गरेको घरमा बस्नु पर्ने चलन हो। अहिले यो प्रथा हट्ने क्रममा रहेको छ।

स्थानीय राङ्डोल तामाङका अनुसार यस्तो हुनुको मुख्य कारण लिमी गाउँबाट अध्ययन गर्न गएका युवतीहरु गाउँ फर्कन नमान्नुले हो । उनीहरु न्येलु प्रथाबाट हुन सक्ने समस्याबाट मुक्ति पाउन चाहन्छन्। किनकी गाउँमा अझै पनि कि त बहुपति प्रथा स्वीकार्नु पर्ने वा न्येलु स्वीकार गरेर बस्नु पर्ने स्थिति छ।

पछिल्लो समय दुवै प्रथा विकृतिको रुपमा परिभाषित भइसकेको छ। यो कुरा युवतीहरुले बुझिसकेका छन्। त्यसैले पनि युवतीहरु गाउँ आउँन मान्दैनन्। युवती गाउँ फर्कन नमानेपछि केटालाई विवाह गर्न समस्या भएको अध्यक्ष पाल्जोर तामाङ बताउँछन्।

युवामा आएको चेतनाले प्रथा प्रचलनमा आएन


स्थानीय बासिन्दाका अनुसार पछिल्लो समय युवा युवतीमा आएको चेतनाकै कारण गाउँमा ठूलो समस्याका रुपमा रहेको यो प्रथा न्यूनीकरणमा सहयोग पुगेको हो । पहिले यो ठाउँमा बहुपति प्रथा प्रचलनमा भएकोले लिमीका तिन ओटै गाउँमा अविवाहित युवतीको सङ्ख्या बढी थियो।

त्यो बेलामा युवकको सङ्ख्या कम भएको कारणले न्येलु प्रथा मौलाउन पाएको थियो। तर पछिल्लो वर्षमा लिमीबाट छोरी मान्छे पनि काठमाडौं र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थाले, उनीहरुमा चेतना वृद्धि भयो। त्यसपछि यो प्रथा कम भएर गएको छ।

लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाहरुको संख्या अहिले १६ जना रहेका छन्। लिमीमा १४७ घरधुरीका एक हजार दुई सय जनसंख्या रहेको छ । यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा छोरीको बुवाले व्यवस्था गरेर घरमै राख्नु पर्ने चलन छ। यो लिमीमा १६ महिला बावुले व्यवस्था गरेको घरमा बस्दै आएका छन्। यो चलनमा बच्चाका बाबुले केही पनि गर्नु पर्दैन ।

अघिल्लो समयमा यसको बारेमा नबुझेर धेरै युवतीले यो दुवै प्रथा स्वीकार गरेपनि पछिल्लो पुस्ताका युवतीहरुले यसलाई स्वीकारेका छैनन्।युवतीहरु आफूलाई दु:ख पनि हुने र हेयका दृष्टिले समाजद्वारा हेर्न थालिएपछि यो प्रथालाई अस्वीकार गर्ने तर्फ लागेको हुन् भन्ने स्थानीयको अड्कल छ।

राम्रो प्रथा हो भन्ने कसैले नसोचे पनि सामाजको मान्यताले न्येलु जन्माएकी छोरीको व्यवस्था गर्नै पर्ने गाउँको नियम छ । चार पाँच वर्ष यता एक जना युवतीले पनि न्येलु जन्माएको छैनन्।

सामाजिक मान्यता अनुसार कानूनी रुपमा केही गर्न नसकिने भएकोले पनि युवतीहरुले यसको बेफाईदा बुझ्न थालेपछि चलन आफै हराउने भएपनि अर्को समस्या आउन थालेको वडा अध्यक्ष तामाङले बताए।

लिमीका स्थानीयलाई न्येलु प्रथा राम्रो होइन भन्ने कुरा सञ्चार माध्यम आउन थालेपछि थाहा भएको थियो। अहिलेको परिस्थितिमा भने गाउँबाट शहरमा पढ्न गएको युवती गाउँ नफर्केपछि यो प्रथा स्वत: हट्दै जाने अवस्थामा आएको हो। प्रथा हट्ने अवस्था सिर्जना हुँदा यहाँका युवाहरुको विवाह भने प्रभावित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?