
काठमाडौँ- गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादबले राष्ट्रपति विवादमा तानिएको विषयले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति संस्था देशको अभिभावक भएको भन्दै देशले प्रश्न उठाउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। उनले यस विषयमा गम्भीर बन्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन्।
राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।
— डा. राम वरण यादव (@PrezDrYadav) December 21, 2020
पूर्व राष्ट्रपति यादबले ट्वीटरमा लेखेका छन्- राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।
प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। प्रतिनिधी सभा विघटन गर्ने निर्णय असंबैधानिक भएको भन्दै सर्वत्र विरोध भइरहेको छ। यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दर्ता हुने प्रकृयामा छन्।