
काठमाडौँ- प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध जनता समाजवादी पार्टी, नेपालले देशब्यापी प्रदर्शन गर्ने भएको छ।
पार्टीले पुस ८ गते देशब्यापीरुपमा र्यालीसहित विरोध सभा गर्ने पार्टी अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। यसैगरि मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिती बैठकले संघर्षका कार्यक्रमहरु तय गर्ने जनाइएको छ।
प्रतिनिधि सभा विघटन गर्न सरकारले गरेको सिफारिसलाई आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। सरकार र राष्ट्रपतिको निर्णय असंवैधानिक भएको भन्दै सत्तारुढ दल नेकपाभित्रैबाट विरोध प्रदर्शनहरु भइरहेको छ।