मलाई प्रधानमन्त्रीले ओलीले ‘चिटिङ’ गरे- प्रचण्ड

मलाई प्रधानमन्त्रीले ओलीले ‘चिटिङ’ गरे- प्रचण्ड
+
-

काठमाडौँ- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘चिटिङ’ गरेको बताएका छन्।

संसद भवनमा प्रचण्ड-माधवकुमार नेपाल पक्षधर सांसदहरुको भेलामा प्रचण्डले पटकपटक भएको वार्ता र त्यसका सहमतिलाई ओलीले पालना नगरेको दाबी गरे। उनले आइतबार बिहानै आफूले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै हुनुहुन्छ भन्ने सूचना पाएपछि उनीसँग भेट्न पटकपटक प्रयाश गरेपनि सुटुक्क मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय लिएको बताएका छन्।

‘बिहान पौने १० बजे मन्त्रिपरिषद् बैठक बस्दै छ भन्ने  सुनेपछि बिहान साढे ८ बजे मैले प्रधानमन्त्रीलाई पटकपटक फोन गरेँ। उहाँलाई तपाईँले यस्तो कदम लिँदै हुनुहुन्छ रे, त्यसो नगर्नुस्, मसँग कुरा गर्नुस्, तपाई समय लिनुस् भनेको थिएँ। मैले मलाई नभेटी  बैठकमा नजानुस् भनेर ओलीलाई भनेको थिएँ। उहाँले हुन्छ भन्नु भएको थियो। म बालुवाटार पुग्दा उहाँ बैठकमा हिँडिसक्नु भएको रहेछ। सुबास नेम्वाङ जीले त्यस्तो केही निर्णय हुँदैन, उहाँले अध्यादेश फिर्ता गर्ने निर्णय गर्छु भन्नु भएको छ भनेर सुनाएपछि म ढुक्क भएको थिएँ। तर त्यहीबीचमा एक मन्त्रीको एसएमएस आयो, संसद विघटनको प्रस्ताव आयो भनेर’, आफू निकट सांसदहरुमाझ प्रचण्डले भने, ‘त्यसपछि म झसङ्ग भएँ। किनभने उहाँले त्यस्तो केही गर्दिन भन्नु भएको थियो।’

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै प्रचण्डले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्। यसअघि सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र प्रचण्ड-नेपालको असहयोगका कारण आफू मध्यावधि निर्वाचनको निर्णयमा पुगेको बताएका थिए।

प्रचण्ड-नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पटकपटक अप्ठेरोमा पार्ने काम गरेका कारण ताजा जनादेशका लागि उक्त निर्णय लिनु परेको ओलीको भनाइ छ।  प्रचण्डको काम पार्टी चलाउने भएपनि प्रधानमन्त्री बन्न अनेकौँ षड्यन्त्र गरेको ओलीको आरोप छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?