
बार्सिलोना छोड्ने आफ्नो असफल प्रयासले अहिलेको सिजन प्रदर्शनमा प्रभाव परेको लियोनल मेस्सीले बताएका छन् ।
गएको अगस्टमा मेस्सीले क्लब छोड्न चाहेको भन्दै बार्सिलोनालाई पत्र बुझाएका थिए । तर सम्झौतामा रहेको नियमका कारण उनी बाध्य भएर बार्सिलोनामै बसे ।
त्यसको प्रभाव यो सिजनको सुरुमा परेको मेस्सीले बताएका छन् । स्पेनिस टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले हाफू ठीक अवस्था रहे पनि समरमा भने निकै खराब समय बिताएको उल्लेख गरेका हुन् ।
मेस्सीले यो सिजन बार्सिलोनाका लागि १७ खेलमा ९ गोल गरेका छन् ।
मेस्सी यो सिजनको अन्त्यसँगै बार्सिलोना छोड्न स्वतन्त्र हुने छन् ।