
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
बैठक बबरमहलस्थित कार्की व्यांक्वेटमा सुरु भएको हो। बैठकले संविधान विपरित पार्टीमा छलफल नै नगरी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने नेताहरुले बताएका छन्।
केन्द्रीय कमिटी बैठकअघि दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो।
प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।