केपी ओली पक्षधरको भेला अवैध: नेपाल

केपी ओली पक्षधरको भेला अवैध: नेपाल
+
-

काठमाडौँ- नेकपाका नेताद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठक राजधानीको बबरमहलस्थित कार्की ब्यांक्वेटमा मंगलबार दिउँसो चलिरहेको छ।  बैठकमा नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको तीव्र विरोध गरेका छन्।

बैठकका लागि नौबुँदे कार्यसूची तयार पारिएको छ।

पार्टीको विभाजन र संकटको प्रचण्डको प्रस्ताव र ओलीको पनि त्यस्तै प्रस्ताव केन्द्रीय कमिटी बैठकमा वितरण गरिएको छ।

पार्टीको आन्तरिक जीवनका बारेमा उल्लेख गर्दै नेता माधवकुमार नेपालले यो अविस्मरणीय बैठक भएको र सबै सदस्यको उपस्थिति नभएको उल्लेख गरे।
पार्टीको विधान मिचेर बालुवाटारमा गुट भेला भएको सुनेको उल्लेख गर्दै नेता नेपालले केन्द्रीय कमिटी सदस्यहरुको संख्या ४ सय ४१ भएको उल्लेख गरे।
केपी ओली पक्षधरले गरेको भेला वैध केन्द्रीय कमिटी बैठक नभएको उल्लेख उनले गरे। ‘यो पार्टीको नाममा कसैले सस्थागत निर्णय भन्छ भने त्यो वैध हुन्न,’ नेपालले भने, ‘पुरानो एमाले ब्युँतिदैन।त्यो सम्भावना छैन।त्यो एमाले मरिसकेको छ। कमिटी भंग छ।’
अर्को पार्टी नेकपाका एक नम्बरका अध्यक्ष भएकाले केपी ओलीले मैले भनेको चल्छ भन्नु सही नभएको नेता नेपालले उल्लेख गरे।
‘चुनाव चिन्हमा हाम्रो पनि हक छ। सिंगो पार्टीलाई एकताका लागि एक हुने हो,’ उनले भने।
पार्टी सचिवालय बैठक बोलाउन पुष्पकमल दाहाल प्रचण्ड लगातार बालुवाटार धाइरहेको उल्लेख गर्दै बालुवाटारलाई मात्रै पार्टी कार्यालय बनाइएकामा नेपालले आक्रोश पोखे। ‘बैठकको हुलमा अपमान गरियो प्रचण्डलाई। अन्ततः धुम्बाराहीमा भेला भयौं र बैठकको माग गर्दै पत्र तयार गरेर बालुवाटार गयौं । बैठक बोलाउन माग गर्दा ओलीले निवेदनको अर्थ छैन भन्नुभो। सबै कुरा प्रक्रियामा हुनेछन् ,’ उनले भने।
प्रचण्डलाई ओलीले अपमान गरेको उल्लेख गर्दै पार्टी एकता हुँदा अति खुसी भएको तर त्यो उत्साह मर्दै गएको नेपालले उल्लेख गरे।
‘हामीले तयार गरेको दस्तावेजको आधारमा यो पार्टी चल्नुपर्छ,’ उनले भने, ‘अध्यक्ष भएकाले ओलीलाई केन्द्रीय कमिटी बैठकले केही गर्न सक्दैन भन्ने दम्भ छ। आयोजित बैठक आफूखुसी स्थगित गर्नुभयो। कहिले बैठकबाट उठेर ओली हिँड्नु भयो। ओलीले प्रचण्डविरुद्ध ल्याएको पत्र सबभन्दा पहिले सञ्चारमा दिनुभो।’
ओलीले पटकपटक गल्ती गरेको तर कहिल्यै स्वीकार नगरेको नेता नेपालले बताए।

यो पनि पढ्नुहोस्

दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक सुरु

दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक सुरु

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकका सात तस्बिरहरु

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकका सात तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?