
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्ने विषय पनि कार्यसूचीमा पारेको छ।
बैठकले स्थायी समितिको पुस ५ गतेको निर्णयलाई अनुमोदन गर्ने र रिक्त रहेको अध्यक्ष पदमा पदपूर्ति गर्ने पनि कार्यसूचीमा उल्लेख छ।
स्थायी समिति सदस्यमा कृष्णबहादुर महरालाई अनुमोदन गर्ने र संसद विघटनको विरोधका कार्यक्रमहरु तय गर्ने पनि केन्द्रीय कमिटीको कार्यसूचीमा उल्लेख छ।
बैठकमा बोल्दै नेकपा नेता माधवकुमार नेपालले अब एमाले ब्युँतिन नसक्ने र चुनाव चिह्नमा आफ्नो पनि हक रहने बताएका थिए।
यी हुन् दाहाल-नेपाल पक्षका कार्यसूची: