
काठमाडौँ- त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ-एएफसीबाट क्लब लाइसेन्स प्राप्त गरेको छ।
यसअघिको निर्णय पुनरावलोकन गर्दै एएफसीले आर्मीलाई क्लब लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ। अब आर्मीले एएफसीका क्लब प्रतियोगिताहरु खेल्न पाउने छ।
एएफसीले क्लब लाइसेन्स प्राप्त गर्ने क्लबले मात्र आफ्ना प्रतियोगिता खेल्ने निर्णय गरिसकेको छ। यसअघि नेपालका १३ वटा ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएपनि कसैको पनि स्विकृत भएको थिएन। आर्मीले निर्णयविरुद्ध पुनरावेदन गरेको थियो। आर्मी विभागीय क्लब हो।