
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टीका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१० जना रहेको पाइएको छ।
उता प्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुल केन्द्रीय कमिटीका २५ प्रतिशतमात्र केन्द्रीय सदस्य रहेको पाइएको छ।
४४१ नेपाल केन्द्रीय कमिटीका बहुमतका २२१ सदस्य आवश्यक हुन्छ। ओली निकट रहेका सांसदहरुको संख्या १३० हाराहारीमा मात्र रहेका कारण उनीसँग बहुमत नभएको स्पष्ट भएको छ।
उता दाहाल-नेपाल पक्षसँग ३१० सदस्य रहेका कारण उनीहरु कुल संख्याको तीन चौधाइ केन्द्रीय सदस्य रहेको छ।
नेकपाका दाहाल-नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन्।
नेकपाको दाहाल- नेपालद्वारा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल आफूसँगै आउने दाबी गरे।
उनले केपी ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय सदस्यहरुको भेला नौटंकी र अवैधानिक रहेको पनि केन्द्रीय कमिटी सदस्यहरुसँग बताए।
केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यताबाट पनि हटाउने र अर्का नेता माधव कुमार नेपाललाई अध्यक्षमा चयन गर्ने बुझिएको छ।
बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी छ।