
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशमा आफू पक्षीय नेताकार्यकर्ताहरुको भेला बोलाएका छन्।
उनले बालुवाटारमा मंगलबार बिहान आफूपक्षीय केन्द्रीय समिति सदस्यहरुको भेला बोलाई केन्द्रीय कमिटी सदस्यहरुको संख्या ११९९ पुर्याएका थिए।
ओलीले सातै प्रदेशमा आफू पक्षीय नेताहरुको भेला मंगलबार बोलाएका हुन्।
उता दाहाल-नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला मंगलबार दिउँसो काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा गरिरहेका छन्।