निर्वासित पाकिस्तानी अधिकारकर्मी क्यानडामा मृत फेला, अनुसन्धान सुरु

निर्वासित पाकिस्तानी अधिकारकर्मी क्यानडामा मृत फेला, अनुसन्धान सुरु
+
-

क्यानडामा निर्वासित जिवन बिताइरहेकी एक पाकिस्तानी अधिकारकर्मी मृत फेला परेकी छिन्।

३७ वर्षीय करिमा बालोच मृत भेटिएपछि स्थानीय अधिकारीले अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ। उनी आइतबारदेखि हराइरहेकी थिइन्। बालोचको शव टोरन्टोमा भेटिएपनि कारण उल्लेख गरिएको छैन।

पाकिस्तानको पश्चिममा पर्ने बलोचिस्तानमा जन्मिएकी बालोचले सरकारी सेना र सरकारविरुद्ध बोल्दै आएकी थिइन्। बलोचिस्तानमा लामो समयदेखि पृथकतावादी आन्दोलन चल्दै आएको छ। बालोच पाकिस्तानद्धारा प्रतिबन्धित बालोच स्टुडेन्ट्स अर्गनाइजेसनकी पहिलो महिला नेतृ हुन्।

सन् २००५ देखि क्यानडामा बस्दै आएकी बालोचले पाकिस्तानमा आफुलाई खतरा रहेको भन्दै त्यहाँ आश्रय मागिरहेकी थिइन्। सन् २०१५ मा बालोचले अर्का अधिकारकर्मी हमाल बालोचसँग विवाह गरेकी थिइन्। त्यसको एक वर्षपछि बीबीसीले उनलाई एसियाका टप एक सय प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा समावेश गरेको थियो।

बालोचको मृत्युपछि बलोचिस्तान नेसनल मुभमेन्टले ४० दिन शोक मनाउने निर्णय सार्वजनिक गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?