
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरको राजधानीको बबरमहलमा भएको केन्द्रीय कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णयविरुद्ध आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
त्यस्तै, बुधबार संसद भवनमा संसदीय दलको बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय बहुमतले पारित गर्नुका साथै अध्यक्षमा माधव नेपाललाई चयन गरेको छ।