ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको भेलाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटएको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नियुक्त गरिएको छ।

बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अब दाहाल र नेपाल पार्टी अध्यक्ष बनेका छन्।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी भन्दै त्यसलाई भर्त्सना र अस्वीकार गरेको छ।

बैठकले संसदको अधिवेशन आह्वान गर्न पनि माग गरेको छ।

संसद् विघटनबिरुद्ध संघर्ष गर्ने घोषणा पनि बैठकले गरेको छ।

‘ओलीलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाइयो,’  बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

बैठकले कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा अनुमोदन गरेको छ।

सहिदहरुप्रति मौनधारण गरेर सुरु भएको बैठकले स्थायी कमिटीका कार्यसूचीलाई अनुमोदन गरेको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले धारणाहरु बाँडेका थिए।

दाहालले पार्टी विचार र विधि हो भन्ने तथ्य स्पष्ट पार्दै यो बैठक नेकपाको आधिकारिक रहेको प्रस्ट पारे। ‘हामी एकीकृत पार्टीको वास्तविक प्रतिनिधित्व गर्दैछौँ। बालुवाटारको भेला पार्टी चोइट्याउन खोज्नेको भेला हो,’ दाहालले भने।

खनालले पार्टी आन्दोलन कमजोर पार्न खोज्ने सबैलाई परास्त पार्न आग्रह गरे।

त्यस्तै, नेपालले पूर्वपार्टी ब्युँत्याउने सपना नदेख्न चेतावनी दिए।

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाइयो, नेपाल नयाँ अध्यक्ष

प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाइयो, नेपाल नयाँ अध्यक्ष

तीन चौथाइ केन्द्रीय सदस्य दाहाल-नेपाल पक्षमा रहेको दाबी, ओलीका पक्षका एक चौथाइ

तीन चौथाइ केन्द्रीय सदस्य दाहाल-नेपाल पक्षमा रहेको दाबी, ओलीका पक्षका एक चौथाइ

संसद विघटनबिरुद्ध नेकपाका सांसदहरुद्वारा सर्वोच्च अदालतमा रिट

संसद विघटनबिरुद्ध नेकपाका सांसदहरुद्वारा सर्वोच्च अदालतमा रिट

केपी ओली पक्षधरले बुझायो निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली

केपी ओली पक्षधरले बुझायो निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?