
बुटवल– प्रधानमन्त्री केपी ओली समर्थक युवाहरूले पश्चिम नवलपरासीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालयमा ताला लगाएका छन्।
पार्टी कार्यालयको सुरक्षाका लागि भन्दै राष्ट्रिय युवा संघ, मदन भण्डारी फाउण्डेसन र मदन भण्डारी स्पोर्टस एकेडेमीका कार्यकर्ताहरू पुगेर कार्यालयमा तालाबन्दी गरेका हुन्।
प्रधानमन्त्रीलाई व्यक्तिगत स्वार्थका कारण काम गर्न नदिएर पार्टी विभाजनमा लागेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरू पार्टी कार्यालयमा प्रवेश गर्ने नैतिक अधिकार नभएकोले उनीहरुले पार्टी कार्यालय प्रवेश गर्न सक्ने भन्दै ताला लगाएको मदन भण्डारी फाउण्डेसन जिल्ला सचिवालय सदस्य सञ्जित पोखरेलले बताए।
नवलपरासीमा एमाले र माओवादी दुई पार्टी एकीकरण हुँदा पूर्वमाओवादीका भविश्वर तिवारीको अध्यक्षतामा जिल्ला कमिटी बनेको थियो। जिल्ला कमिटीमा हाल १ सय ४५ सदस्य रहेका छन्। जसमध्ये ८० जना ओली पक्षका रहेको दाबी छ।