सात जना खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

सात जना खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार
+
-

काठमाडौँ– गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई मंगलबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएका मध्येबाट यो वर्ष ७ खेलाडीलाई जनही नगद ५० हजार रुपैयाँसहित सम्मानित गरिएको हो।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा तेक्वान्दोकी आयशा शाक्य, कराँतेका मण्डेकाजी श्रेष्ठ, भारोत्तोलनका विकास थापा, गल्फका सुवास तामाङसहित साइक्लिङकी लक्ष्मी मगर, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ रहेका छन्। लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए।

त्यस्तै दुईजना खेल प्रशिक्षक, दुईजना खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ।

सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र कराँतेका कुशल श्रेष्ठ परेका छन्। यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष