नेकपामा सूर्य चिन्हका लागि कानुनी लडाइँ सुरु, बहुमत सदस्यको हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा

नेकपामा सूर्य चिन्हका लागि कानुनी लडाइँ सुरु, बहुमत सदस्यको हस्ताक्षरसहित दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा
+
-

काठमाडौँ- पार्टी विभाजनसँगै सत्तारुढ नेकपाभित्र  सूर्य चिन्हका लागि लडाइँ सुरु भएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले केन्द्रीय समितीका बहुमत सदस्य र संसदीय दलका सांसदको हस्ताक्षरसहित सूर्य चिन्ह माग गर्दै निर्वाचन आयोगमा पुगेका छन्।

नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले केन्द्रीय समितीमा बहुमत मात्र नभएर करिब दुई तिहाई सदस्य आफ्नो समूहको  पक्षमा रहेकाले निर्वाचन आयोगमा पुगेको जानकारी दिए।

राजनीतिक दल सम्बन्धी एेन २०७३ को दफा ४४ को ६ मा व्यवस्था भए अनुसार राजनीतिक दलमा विवाद आएमा विवाद भएको एक महिनाभित्र बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दावी भए त्यस समूहलाई पार्टीको चुनाव चिन्ह प्राप्त हुन्छ।

दाहाल-नेपाल पक्षले आफ्नो समूहमा केन्द्रीय समितीका चार सय ४१ मध्ये ३ सय १५ जना सदस्य रहेको दावी गरेको छ। मंगलबार बबरमहलमा भएको उक्त समूहको केन्द्रीय समिती बैठकमा तीन सय १५ सदस्य उपस्थित रहेको दावी गरिएको छ। नेकपाले गत आम निर्वाचनमा सुर्य चिन्हमार्फत चुनाव लडेको थियो।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा चुनाव चिन्ह सूर्य प्रयोग गर्ने सहमती बनेको थियो। यही चिन्हमार्फत नेकपाले गत आम निर्वाचनमा झण्डै दुई तिहाई बुहमत प्राप्त गरेको थियो

यसैबीच दाहाल-नेपाल पक्षले संसदीय दलमा समेत आफ्नो समूहको बहुमत रहेको दावी गरेको छ। संसदीय दलमा हाल नेकपाका २ सय २४ सांसद छन्। अहिले बानेश्वरमा दाहाल-नेपाल पक्षको संसदीय दलको बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गत आइतबार प्रतिनिधी सभा विघटन गर्न गरेको सिफारिस त्यसै दिन दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि सत्तारुढ नेकपामा विभाजन देखिएको हो। त्यसयता दाहाल-नेपाल  र ओली समूहका छुट्टाछुट्टै सांसद भेला, केन्द्रीय समिती बसिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?