संसदीय दलको नेता बनेँ, अब चुनौतीको सामना गर्छुः प्रचण्ड

संसदीय दलको नेता बनेँ, अब चुनौतीको सामना गर्छुः प्रचण्ड
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्ष संघर्ष गरेर प्राप्त गरेको उपलब्धि अपहरण गरेको बताएका छन्।

नयाँ बानेश्वरमा दाहाल–नेपाल समूहको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले  आफूहरु पार्टी र संसदीय दल दुबैमा अघि रहेका बताए। उनले भने, ‘पार्टी र संसदीय दल दुबैमा अघि छौँ। हामीलाई मर्यो भनेपनि बाँचिरहेका छौँ। को मर्यो? त्यो जनताले थाहा पाइसक्नु भएको छ। देश बाहिर पनि निकै ठूलो चासो र ओलीको कदमलाई विरोध गरिएको छ।’

ओलीको कदम आश्चर्यजनक रहेको प्रचण्डको भनाइ छ।

प्रचण्डले आफू अब संसदीय दलको नेता बनेको र थपिएको चुनौती सामना गर्न तयार रहेको बताए।

दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता तोकेको छ।

मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पार्टीको अध्यक्षबाट पनि हटाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?