संसद विघटनविरुद्ध वीरगञ्जमा जसपाको प्रदर्शन

‘ओलीले संकटकाल लगाएर देश कब्जा गर्न संसद विघटन गरेका हुन्’

‘ओलीले संकटकाल लगाएर देश कब्जा गर्न संसद विघटन गरेका हुन्’
+
-

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ।

जसपाका नेता कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरबाट र्‍याली निकाल्दै नगर परिक्रमा गरेका थिए। उनीहरुले संसद विघटन गरेको भन्दै र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।

र्‍याली वीरगञ्जको माईस्थान,आदर्शनगर,गीता मन्दिर हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै जसपाका नेता प्रदिप यादवले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ लगेको बताए।

उनले संकटकाल लगाएर देशलाई कब्जा गर्नको लागि संसद विघटन गरिएको बताउँदै वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको चुनाव हुन नसक्ने दाबी गरे। संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्नेमा आफू विश्वस्त रहेको यादवको भनाइ थियो।

‘पुरै विश्वले हेरिरहेको छ, नेपालको अवस्था सर्वोच्चले संसदलाई पुर्नस्थापना गर्छ भन्नेमा मलाई पूर्ण विश्वास छ,’ यादवले भने, ‘उहाँहरुले चुनाव गराउनु हुन्न संकटकाल लगाएर देशलाई कब्जा गर्न खोजिएको छ।’

कोण सभामा बोल्दै प्रदेश सांसद एवं जसपाकी नेतृ करिमा बेगमले आफूखुशी प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताइन्। कोणसभामा आफ्नो भनाइ राख्दै जसपाका नेता हरि नारायण रौनियारले असंविधानिक तरिकाले संसद विघटन गरिएकोले जसपाका नेता कार्यकर्ताहरु त्यसको विरुद्धमा आन्दोलनमा उत्रिएको बताउँदै संसद विघटनको निर्णय खारेज नभएसम्म आन्दोन जारी रहने बताएका थिए।

विरोध प्रदर्शनमा प्रदेश सांसद जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, जसपाका नेता रामनरेश यादव लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष