
काठमाडौँ- सुनसरीको भण्टाबारीबाट दुई कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-८ का ३५ वर्षीय मोहम्मद मुक्तार मिया र २७ वर्षीया सद्याम मिया छन्।
भारतबाट आउँदै गरेका उनीहरुलाई भाण्टाबारी बजारमा रोकी जाँच गर्दा सद्यामको कम्मरको दुवै भागमा एक एक वटा कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ।
पेस्तोलमा प्रयोग हुने पाँच राउन्ड गोली भने उनीहरुले चलाएको बाइकमा कालो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा बरामद भएको प्रहरीको भनाइ छ। भारतबाट साना हतियार खरिद गरेर नेपाल ल्याएर विक्री गर्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीले दावी गरेको छ।