मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याएर लुटिन्

मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले चोभार पुर्‍याएर लुटिन्
+
-

काठमाडौँ- काठमाडौँमा बाटोमा लिफ्ट मागेर सम्बन्ध बढाउने र पछि एकान्तमा बोलाएर लुटपाट गर्ने युवती नेतृत्वको गिरोह सक्रिय रहेको पाइएको छ।

गत साउनमा एक युवतीले रत्नपार्कबाट कलङ्की जान लागेका एक मोटरसाइकल यात्रीसँग लिफ्ट मागी उनीसँग सम्बन्ध बढाएकी थिइन्। त्यसको २/३ दिनमा ती व्यक्तिलाई चोभारमा पुर्‍याएर लुटपाट गरेको घटना सार्वजनिक भएपछि त्यस्तो गिरोह सक्रिय रहेको पाइएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाले त्यस घटनामा संलग्न रहेको आरोपमा बुधबार दोलखाको शैलुङ गाउँपालिका-३ घर भई हाल स्युचाटार बस्दै आएका ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

महाशाखाका प्रमुख दीपक थापाका अनुसार गत साउन ४ गते सिन्धुलीको कमलामाई नगरपालिका-२ का भोलाबहादुर जर्घामगर रत्नपार्कबाट कलङ्की जाँदै गर्दा बाटामा एक युवतीले लिफ्ट मागेकी थिइन्। युवतीको अनुरोध स्वीकार गरेका भोलासँग त्यसपछि उनी नियमित सम्पर्कमा बसिन्। केही दिनपछि उनलाई चोभारमा बोलाइन्। उक्त घटनाकी ‘मास्टरमाइन्ड’ गीता पुरी अहिले फरार छिन्।

‘साँझको समयमा चोभारमा पुग्दा त्यहाँ केटाहरु लुट्न तयार भएर बसेका रहेछन्’, एसएसपी थापाले भने।

उनका अनुसार उक्त गिरोहले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, २ वटा मोबाइल र ७ हजार रुपैयाँ लुटेको प्रहरीको दावी छ। घटनापछि गिरोहका सबै सदस्य फरार थिए। घटनामा युवतीबाहेक अन्य तीन जना संलग्न थिए। प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठ ठेकेदार हुन्। घटना भएको समयमा उनी गीताका ब्वाइफ्रेन्ड थिए।

‘गीताको पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद भएको थियो। त्यसपछि उनले युवकहरुलाई प्रयोग गरेर पैसावालहरुलाई लुटपाट गर्दै आएकी रहिछन्। उनले अहिले अर्कै ब्वाइफ्रेन्ड बनाइसकेको जानकारीमा आएको छ’, घटनाको अनुसन्धान गरेका एक प्रहरी अधिकारी भन्छन्।

प्रहरीका अनुसार लुटपाटपछि भोलालाई उनीहरुले हातखुट्टा बाँधेर फ्याँकिदिएका थिए। घटनामा संलग्न युवतीसहित अन्य तीन जना फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?