
काठमाडौँ-‘हुवावे आइसिटी अवार्ड-२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो।
‘आइसिटी अवार्ड-२०२०’ आयोजनक समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गरकाएको हो।
लिभिङ विथ आइसिटीको आयोजनामा हुने ‘हुवावे आइसिटी अवार्ड–२०२०’मा विभिन्न ११ विधाहरु रहेको भएपनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए।
अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउने छन्।
हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ।
डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ। यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ।
के के पाउँछन् अवार्ड विजेताले ?
आइसिटी अवार्ड २०२० का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् । यो सम्मानलाई नेपालको सूचना प्रविधिको क्षेत्रमा एक विशिष्ट अवार्डको रूपमा लिने गरिन्छ।
यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउने छन्।
यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन्। इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन्। यो विधाका विजेतालाई एनसेलले सहयोग गर्नेछ।
इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ। जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ। ४ विधाका सर्वोत्कृष्टलाई इ-सेवाले २५ हजार बराबरको आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ।
साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।