४-० गोलले जितेको केही घण्टामा पीएसजीद्धारा प्रशिक्षक बर्खास्त !

४-० गोलले जितेको केही घण्टामा पीएसजीद्धारा प्रशिक्षक बर्खास्त !
+
-

फ्रान्सको लिग वान फुटबल च्याम्पियन पेरिस सेन्ट जर्मन-पीएसजीले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ।

पीएसजीले लिग वानअन्तर्गत बुधबार राती भएको खेलमा स्ट्रासबर्गलाई ४-० गोलले हराएको थियो। तरपनि उसले अढाई वर्षदेखि टोली सम्हालिरहेका टुचेललाई हटाएको हो।

यो सिजन घरेलु लिगमा पीएसजी १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा रहेपनि समान खेल खेल्दै शीर्षस्थानमा रहेको लियोनभन्दा एक अंकले मात्र पछाडि छ।

आफ्नो कार्यकालमा टुचेलले पीएसजीलाई लगातार घरेलु लिगको उपाधि जिताए भने गत सिजन युरोपियन च्याम्पियन्स लिगको उपविजेता पनि बनाए। प्रतियोगिताको फाइनलमा पीएसजीलाई जर्मनीको बायर्न  म्युनिखले हराएको थियो।

च्याम्पियन्स लिगको यो सिजन पीएसजीले अन्तिम-१६ को प्रतिस्पर्धामा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दै छ। बोरुस्सिया डर्टमुन्डका पूर्व प्रशिक्षक ४७ वर्षीय टुचेलको पीएसजीसँगको सम्झौता यसै सिजनको अन्त्यतिर सकिँदै थियो।

पीएसजीको नयाँ प्रशिक्षकमा टोट्टनहामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोको चर्चा छ। गत सिजनको अन्तिममा टोट्टनहाम छाडेयता ४८ वर्षीय अर्जेन्टिनी पोचेटिनो जिम्मेवारीबिहिन छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?