
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले क्लबमा मोहम्मद सालह बेखुशी रहेको भन्ने खबरमा सत्यता नरहेको बताएको छन् ।
सालहले हालै स्पेनिस पत्रिकासँगको अन्तर्वार्तामा सालहले एफसी मिट्जील्याण्डको कप्तान आफू नबन्दा त्यो बेला निराश भएको बताएका थिए ।
त्यो बेला ट्रेन्ट–एलेक्सान्डर आर्नोल्डलाई कप्तान बनाइएको थियो । आर्नोल्ड अहिले लिभरपुलमा छन् सालह जस्तै ।
२८ वर्षे इजिप्सियन खेलाडी सालहले भविष्यमा हुन सक्ने रियल मड्रिड वा बार्सिलोनासँगको सहकार्यको सम्भावना खारेज गरेका छैनन् ।
क्लोपले भने सालह राम्रो मुड र राम्रो समयमा रहेको भन्दै लिभरपुलमा खुशी रहेको दाबी गरेका हुन् ।