
काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको नेकपा नै आधिकारिक भएको बताएका छन्। केन्द्रीय समितिमा आफ्नो समूहको बहुमत रहेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर व्यवहार गर्ने आशा लिएको उनले बताए।।
निर्वाचन आयोगमा केन्द्रीय समितिका आफू पक्षधर सदस्यको हस्ताक्षरसहित पुगेर फर्किएपछि शुक्रबार दिउँसो भइरहेको पत्रकार सम्मेलनमा प्रचण्डले भने- हामीले आयोगका पदाधिकारीलाई पत्याउनु हुन्न भने सबै सदस्य, उनीहरुको नागरिकता र पार्टी विभाजन अघि केन्द्रीय समितीको पूर्ण बैठकको माइन्युटसहित उपस्थित हुन तयार छौँ भनेका छौँ। यो भन्दा ठुलो प्रमाण के हुन सक्छ?’