
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन साँपसँग तुलना गर्दै हिकार्उने मान्छेको तस्बिर दिमागमा राखेर मौका पाउँदा ठुङ्ने रुपमा उनलाई तुलना गरेका छन्।
दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि ओलीले बदला लिन खोजेको बताए । उनले भने, ‘गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्बिर दिमागमा राख्ने र मौका पाउँदा ठुङ्छ।’
उनले केपी ओलीले बालुवाटारमा गरेको भेलालाई रुखको बोक्राका रुपमा तुलना गरे।
उनले भने, ‘नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो। रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो।’