
सिमकोट-राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको नेपलाी सेनाले जिम्मा पाएको हुम्ला खण्डको सडक निर्माण कार्य आगामी चैत्र महिनामा सम्पन्न हुने भएको छ।
कोरोना कहरका बिच पनि नेपाली सेनाले कामलाई तिव्रता दिएको कारण निर्माण कार्य नब्बै प्रतिशत सम्पन्न हुँदा आगामी चैत्र महिनासम्म सडक निर्माणको कार्य सम्पन्न हुने भएको हो।
कर्णाली करिडोरको हुम्ला खण्ड ताँजाकोट र अदानचुली गाउँपालिका क्षेत्रको सडक निर्माण कार्य सम्पन्न भएको छ।
सेनाको निर्माण कार्यबाट स्थानीय निक्कै प्रभावित भएको बताउने जगत शाहीले सो सडक निर्माण भएपछि दुबै गाउँपालिकाको केन्द्रसम्म हाल गाडी गुड्न थालेको बताए। अब दक्षिणी हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको ताँजाकोट गाउँपासलिका अध्यक्ष बाग्दल मल्लले जनाए।
मेशिन र कामदारबाट सडक निर्माणको कार्य दु्रतगतिमा अगाडी बढी रहेको कारण आगामी चैत्र महिनासम्म सडक निर्माणको कार्य सम्पन्न हुने कर्णाली करिडोरको खुलालु लैफु कवाडी हुँदै सलीसल्ला खण्डको सडक निर्माण दलका आयोजना प्रमुख इन्जिनीयर मिलन कार्कीले बताए।
बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडी देखि सलीसल्लासम्मको ३९ किलो मिटर सडकमा साढे दुई किलो मिटर क्षेत्रमा मात्र सडक निर्माण कार्य पुरा नभएको र अन्य सबै भागको सडक निर्माण कार्य पूरा भएको छ।
भौतिक प्रगतिका हिसावले नब्बे प्रतिशत निर्माण कार्य सम्पन्न भएको र दश प्रतिशत काम मात्र बाँकी रहेकोले सडकको निर्माण कार्य पनि आगामी चैत्र महिनासम्म सडक निर्माण कार्य पूरा गरी सलीसल्लासम्म मोटर गुडाउने लक्ष निर्माण दलको रहेको छ।
अब बाँकी रहेको काम साढे दुई किलो मिटर असजिलो क्षेत्र नेरघाट, पम्पडे र सलीसल्लाको चट्टानी भाग मात्र रहेको सेनाको निर्माण दलले जनाएको छ। सो क्षेत्रमा पनि निर्माण कार्य भई रहेको छ। सडक निर्माणका लागि नब्बे जना नेपाली सेना र दुई सय जना अन्य कामदारले बिहान देखि बेलुकासम्म काम गरि रहेका छन्।
ग्याबिन लगाउन, माटो भर्ने, मेशिनले निर्माण गर्ने, सिमेन्टको काम र बिष्फोट गर्ने काम एकसाथ अगाडी बढी रहेकोले चैत्र महिना भित्र सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले कवाडी खोला गल्फागाड खोलामा बेलिब्रिजको निर्माण कार्य सम्पन्न भएको कारण सेनाका निर्माण सामाग्री ढुवानी गर्ने गाडी गुडी रहेका छन्। करिेडोरको निर्माण कार्य कारोना कहरका बेला केही समय रोकिए पनि त्यसपछि सुचारु हुदै आएको थियो।
उक्त खण्डको ताँजाकोट गाउँपालिकाको कवडाीदेखि सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ को बालुकुनासम्मको २७ किलो मिटर क्षेत्रमा सेनाले सडक निर्माण गरेर सडक सञ्चालन हुने अबस्था रहेको छ।
केही दिन अगाडी हुम्ला जिल्लाका संघीय ससदका सासद छक्क बहादुर लामा नेतृत्वको टोलीले सडक सञ्चालनका लागि स्थलगत अनुगमन गरेर सडक सञ्चालनमा ल्याउन सम्वन्धित निकाय नेपाली सेनालाई सिफारिस गरि सकेको छ।
यसअघि कालिकोट र बाजुरा जिल्लामा पर्ने खुलालु, लैफु, धुलाचौर हुदै कवाडीसम्म सडक निर्माण कार्य सम्पन्न हुदा गाडी सञ्चालनमा आई सकेका छन् । हुम्ला खण्डको सडक निर्माणको नेपाली सेनाले २०७२ सालबाट जिम्मा लिएको थियो।