प्रधानमन्त्री कप प्रतियोगितामा प्रदेश २ ले लुम्बिनी प्रदेशलाई दियो ७८ रनको लक्ष्य

प्रधानमन्त्री कप प्रतियोगितामा प्रदेश २ ले लुम्बिनी प्रदेशलाई दियो ७८ रनको लक्ष्य
+
-

दाङ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता (टी–२०) को पहिलो खेलमा प्रदेश नम्बर २ ले लुम्बिनी प्रदेशलाई ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो । प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिए ।

फास्ट बलर सुस्मिता भुषालले पहिलो ओभरको चौथो बलमा मेलिना रायमाझीलाई शून्य रनमा बोल्ड आउट गरेकी थिइन् । चौथो ओभरको पाँचौँ बलमा स्वस्तीका बजगाईंले गोमा आलेलाई ३ रनमा एलबिडब्लू आउट गरिन् । सुस्मिताले पाँचौँ ओभरको चौथो बलमा कप्तान सरस्वती चौधरीलाई विकेटकिपर नितु भण्डारीबाट क्याच आउट गराएकी थिइन् ।

स्पिनर गीता गोसाईको १३ औँ ओभरको चौथो बलमा अघि सेरर सट खेल्नेक्रममा अनुराधा विकेटकिपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन् । उनले ४१ बलमा १ चौका प्रहार गरिन् । १९ औँ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् ।

लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तीका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । स्पिनर गीता गोसाईको नाममा १ विकेट लिइन् । अहिले लुम्बिनी प्रदेशले ब्याटिङ्ग गरिरहेको छ ।

पूर्वाधार विकासमा अझै ध्यान दिन्छौँ

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरे ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाबहादुर थापाको अध्यक्षतामा भएको खेलको नगर प्रमुख केसीले उद्घाटन गर्दै खेल पूर्वाधार निर्माणमा अझैं ध्यान दिने बताए ।

क्रिकेट खेलको विकासमा अतुलनिय योग्दान पु¥याएको भन्दै नगर प्रमुख केसीलाई दोसल्ला ओढाएर सम्मान गरियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष