
मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीद्वारा जारी विज्ञप्ति अनुसार विराटनगरस्थित एक होटलमा शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएको हो।
महासंघको साधारण सभा तथा निर्वाचन नियम विपरीत जनाउँदै स्थानीय गर्ग प्रिन्टर्सका अन्ताज हुसेनले विराटनगरस्थित उच्च अदालतमा रिट दायर गरेका थिए। परेको रिट उपर उच्च अदालतले शुक्रबार साधारणसभा स्थगित गर्न आदेश जारी गरेपछि महासंघले सोही दिन सूचना निकाल्दै कार्यक्रम स्थगित गरेको हो।
रिटमा साधारण सभा एकमहिना अघि बोलाउनु पर्नेमा ९ दिनअघि मात्र महासंघले सूचना जारी गरेको बताइएको छ। महासंघका कार्यकारी निर्देशक भण्डारीका अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको हो।