
वीरगञ्ज– चितवनको करागारबाट भागेका थुनुवा एक महिनापछि पक्राउ परेका छन्। कारागारबाट फरार भएका कालिका नगरपालिका वडा नं.२ बस्ने ४५ वर्षका रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठ जबर्जस्ती करणी उद्योग कसुरको मुद्दामा पुर्पक्षको लागि गत साउन २० गतेदेखि कारागारमा थुनामा रहेका थिए। उनी भरतपुर महानगरपालिका वडा नं.१० स्थित कारागार कार्यालय चितवनवाट गत मङ्सिर ११ गते फरार भएका थिए।
चितवन प्रहरीको विशेष अनुसन्धान टोलीले तनहुँ देवघाट गाउँपालिका–५ कालिमाटीस्थित जंगलबाट श्रेष्ठलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि चितवन कारागार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।