प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी र एपिएफको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी र एपिएफको विजयी सुरुवात
+
-

दाङ– शनिबारबाट दाङको लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) ले विजयी सुरुवात गरेका छन्।

लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो। दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले पछाडि पार्दै विजय सुरुवात गरेको हो।

जितका लागि ७८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। लुम्बिनीकी गीता गोसाई ४२ बलमा २ चौकासहित २३ रनमा अविजित रहिन्। कप्तान नेरी थापा १३ बलमा २ चौकासहित १५ रनमा अविजित भइन्।

पहिलो विकेटका लागि गीता गोसाई र सरस्वती घर्ती मगरले १२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाइन्। सरस्वतीलाई कविता गौतमले २२ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाइन्। उनले ४२ बलमा १ चौका प्रहार गरिन्। प्रदेश २ की मध्यम गतिकी बलर कविता गौतमले १ विकेट लिइन्। अन्यले विकेट लिन सकेनन्।

त्यसअघि लमहीको देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनाएको थियो। प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१–२१ रनको योगदान दिइन्।

उनले ४१ बलमा १ चौका प्रहार गरिन्। १९ औँ ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन्। उनले १४ बलमा १ चौका प्रहार गरिन्। लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। स्वस्तिका बजागाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन्।  स्पिनर गीता गोसाईको नाममा १ विकेट रह्यो।

दिउँसो भएको खेलमा जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश १४.१ ओभर खेल्दै ३१ रनमा अल आउट हुन पुग्यो। कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका पाँच ब्याटर शून्यमा आउट भएका थिए। कर्णालीको तर्फबाट कप्तानी लक्ष्मी रिमालले सर्वाधिक ६ रन बनाइन्। दीक्षा पुरी ५ रनमा अविजित रहिन्। तीन ब्याटर सिंगलमा आउट भएका थिए।

पहिलो ओभरको पाँचौ बलमा सोनु खड्काले ओपनर मोनिका रानालाई शून्यमा एलबिडब्लू आउट गरिन्। चौथो ओभरको अन्तिम बलमा रेखा रावलले अर्की ओपनर तिर्सना विश्वकर्मालाई २ रनमा एलबिडब्लू आउट गरिन्। छैटौं ओभरको पहिलो बलमा राजमती ऐरीले अंशु शाक्यलाई एक रनमा बोल्ड आउट गरिन्। तीन बलपछि लक्ष्मी पुरी शून्यमा एलबिडब्लू आउट हुँदा कर्णाली ११–४ को अवस्थामा पुगेको थियो।

त्यसपछिका ब्याटर पनि क्रिजमा समालिएर प्रर्दशन गर्न सकेनन्। नवौं ओभरको पहिलो बलमा आयुशा टन्डन शून्यमा रन आउट भइन्। चार बलपछि कप्तान लक्ष्मी रिमाललाई करुणा भण्डारीले ६ रनमा एलबिडब्लू आउट गर्दा कर्णाली ८.५ ओभरमा १७–६ को कमजोर अवस्थामा पुगेको थियो। लगत्तै अर्को बलमा सुजिता बोगटीलाई शून्यमा बोल्ड आउट गरिन्।

करुणाले अन्जु गुरुङलाई १ रनमा बोल्ड आउट गरिन्। कर्णालीले अतिरिक्त १५ रन पाएको थियो। एपिएफकी स्पिनर करुणा भण्डारीले ३.१ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन्। राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन्। रेखा रावल र सोनु खड्काले एक एक विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौका सर्वाधिक ६८ रनको योगदान दिइन्। सरिता मगर ३४ बलमा ६ चौकासहित ४४ रनमा अविजित रहिन्।

एपिएफलाई ओपनर ज्योती पाण्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाइन्। ज्योतीले ३० बलमा ३ चौकासहित ३२ रन जोडिन्। दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गरिन्।

सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन्। ईन्दु बर्मा १२ बलमा ४ चौकासहित २२ रन जोड्दै क्याच आउट भइन्। इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराइन्। ममता चौधरी २ रनमा आउट भइन्।

कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो। कर्णाली महिला खेलाडीले अतिरिक्त ६७ रन खर्चेका थिए।

कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन्। निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन्। कर्णालीले दोस्रो खेलमा आइतबार लुम्बिनीसँग खेल्नेछ। एपिएफले आइतबार दिउँदो प्रदेश २ विरुद्ध खेल्नेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष