लुम्बिनीले कर्णालीलाई ९ विकेटले हरायो, सेमिफाइनल यात्रा नजिक

लुम्बिनीले कर्णालीलाई ९ विकेटले हरायो, सेमिफाइनल यात्रा नजिक
+
-

दाङ- प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वेन्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दुई खेल जितेको छ । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाइ ९ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

जितका लागि पाएको ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३‍.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीका नेरी थापा ९ र सरस्वती घर्तिमगर ३ रनमा अविजित रहे।  कर्णालीकी अन्जु गुरुङले एक विकेट लिएकी थिइन् ।

त्यसअघि देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ बलमा २ चौकासहित सर्वाधिक ८ रनको योगदान दिइन् । अंशु शाक्य १४ बल खेल्दै ७ रनमा अविजित रहिन् ।

ओपनर मोनिका राना र तृसना विश्वकर्माले ७.३ ओभरमा १३ रनको साझेदारी गरेका थिए । रानालाई कप्तान नेरी थापाले आफैं क्याच लिँदै पहिलो सफलता दिलाइन् । उनले १६ बलमा २ रन जोडिन् । तृसना २ रनमा रन आउट भइन् । उनले ३१ बल खेलेकी थिइन् । कर्णालीले १० रन एक्स्ट्रा पाएको थियो ।

लुम्बिनीकी युवा तीव्र गतिकी बलर सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन् । कप्तान नेरी थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए । हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल १३/१३ ओभरमा झारिएको थियो ।

लगातार दुई हारसँगै कर्णाली समूहबाटै बाहिरिन औपचारिकता बाँकी छ । पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा प्रदेश- २ लाई ९ विकेटले हराएको थियो ।

आइतबार दोस्रो खेलमा एपिएफ र प्रदेश- २ भिड्दै छन् । प्रदेश -२ ले एपिएफलाई हराएमा लुम्बिनी सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनु पर्ने हुन्छ । एपिएफ विजयी भएमा लुम्बिनी पनि सेमिफाइनलमा एक खेल अगावै पुग्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?