अस्ट्रेलियाविरुद्ध रहानेको सतक, दोस्रो टेस्टमा बलियो बन्दै भारत

अस्ट्रेलियाविरुद्ध रहानेको सतक, दोस्रो टेस्टमा बलियो बन्दै भारत
+
-

मेलबर्न- भारतका अजिन्क्या रहानेले टेस्ट क्रिकेटमा १२ औँ सतक बनाएका छन्।

अस्ट्रेलियाविरुद्ध जारी टेस्ट शृंखलाअन्तर्गत दोस्रो खेलको पहिलो पालीमा रहानेले सतक बनाएका हुन्। उनी एक सय ४ रनमा अविजित छन्। भारतले दोस्रो दिनको खेलको समाप्तीमा पहिलो पालीमा पाँच विकेट गुमाएर २ सय ७७ रन बनाएको छ।

भारतले यो स्थितीमा ८२ रनको अग्रता लिएको छ। रहानेले छैटौँ विकेटका लागि रविन्द्र जडेजासँग अविजित एक सय ६ रनको साझेदारी गरेका छन्। ६७ टेस्ट खेल खेल्नेक्रममा रहानेले २२ अर्धसतक पनि बनाएका छन्। रन नजोड्दै मायांक अग्रवाललाई शुन्यमा गुमाएको भारतका लागि सुबमन जिलले ४५ रन बनाए भने जडेजा ४० रनमा अविजित छन्।

रिसभ  पन्त २९, हनुमान बिहारी २१ र चेतेश्वर पुजारा १७ रनमा आउट भए। अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कुमिन्सले दुई दुई विकेट लिए भने नाथन लियोनको नाममा एक विकेट रह्यो। यसअघि घरेलु टोली अस्ट्रेलिया पहिलो पालीमा एक सय ९५ रनमा समेटिएको थियो। भारतका जसप्रित बुमराहले चार र रविचन्द्रन आश्विनले ३ विकेट लिएका थिए। मोहम्मद सिराजले पनि दुई विकेट हात पारेका थिए।

पहिलो टेस्टमा लज्जास्पद हार ब्यहोरेपछि भारतीय टोली दबाबमा छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?