
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले ब्याचलर्स अफ इन्जिनियरिङ- बीई २०७७/७८ सत्रका लागि प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।
संस्थानका अनुसार प्रवेश परीक्षा आगामी माघ १४ गतेदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा हुने छ। कम्प्युटर विधिका आधारमा प्रवेश परीक्षा लिइने संस्थानले जनाएको छ। बीईका विभिन्न १२ वटा विषयका लागि प्रवेश परीक्षा लिन लागिएको हो।
प्रवेश परीक्षाको शुल्क २ हजार रुपैयाँ तोकिएको छ।