राजनीतिक अस्थिरताबीच नेपाल आइपुगेको चिनियाँ टोली शितल निवासमा

राजनीतिक अस्थिरताबीच नेपाल आइपुगेको चिनियाँ टोली शितल निवासमा
+
-

काठमाडौँ- आइतबार अपरान्ह नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली  भेटघाटका क्रममा अहिले शितल निवास पुगेको छ। स्रोतका अनुसार चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिरहेको छ।

टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत नेकपाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ।

यसअघि नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेट गरेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?