
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार इलाममा १, उदयपुरमा १, तेह्रथुममा २, पाँचथरमा १, मोरङमा ५, सुनसरीमा ४, धनुषामा ३, रौतहटमा ३, काठमाडौँमा १७५, काभ्रेमा ३, चितवनमा २०, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ६, मकवानपुरमा ७, रसुवामा १, रामेछापमा १ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन्।
यस्तै सिन्धुलीमा १, कास्कीमा ५४, तनहुँमा ४, नवलपरासीपूर्वमा ४, लमजुङमा २, वागलुङमा ६, स्याङ्जामा १३, अर्घाखाँचीमा ३, गुल्मीमा ४, दाङमा २, नवलपरासीमा ४, पाल्पामा ७, प्यूठानमा १, बर्दियामा ४, बाँकेमा १९, रुपन्देहीमा १७, रोल्पामा १, अछाममा २, कञ्चनपुरमा १०, कैलालीमा ४५ र बझाङमा ५ जनामा कोरोना पुष्टि भएको छ।