पृथ्वी जयन्तीमा सेनाले गर्दै छ कविता प्रतियोगिता, गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्रा !

पृथ्वी जयन्तीमा सेनाले गर्दै छ कविता प्रतियोगिता, गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्रा !
+
-

काठमाडौँ- पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आएको नेपाली सेनाले यस वर्ष त्यस अवसरमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले गोरखादेखि काठमाडौँसम्म एकीकरण पदयात्रा हुने पनि जनाएको छ।

पुस २१ गते सुरु हुने पदयात्रा धादिङ, नुवाकोट र नागार्जुन हुँदै पुस २६ गते हनुमान ढोका आइपुग्ने छ भने पुस २७ गते जङ्गीअड्डामा हुने कार्यक्रममा सहभागी हुने छ। पद यात्रामा नेपाली सेना, स्थानीय जनता र विधार्थीहरु समावेश हुनेछन्।

पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँचवटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र एकिकरण ज्योति पनि साथमा रहने नेपाली सेनाले जनाएको छ।

‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह’ विषय केन्द्रित भएर लेखिएका कविताबीच प्रतिस्पर्धा हुने छ। गोरखाका राजा पृथ्वी नारायण शाहको नेतृत्वमा नेपाल एकिकरण भएको थियो।

पृथ्वी नारायण शाह अध्ययन केन्द्र स्थापना हुने 

नेपाली सेनाले जङ्गी अड्डा परिसरमा पृथ्वी नारायण शाह अध्ययन केन्द्र स्थापना गर्ने भएको छ। उक्त अध्ययन केन्द्रमा शाहबारे महत्वपुर्ण जानकारी र तथ्यहरु राखिने सेनाले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?