नेपाल प्रहरीको कपडाको ठेक्का लिने कम्पनीको बदमासी, गुणस्तर जाँच्न प्रहरीको नाममा कीर्ते

नेपाल प्रहरीको कपडाको ठेक्का लिने कम्पनीको बदमासी, गुणस्तर जाँच्न प्रहरीको नाममा कीर्ते
+
-

काठमाडौँ- नेपाल प्रहरीले लगाउने उलन पाइन्टको कपडा आयात गर्ने ठेक्का पाएको वीगन्जको क्राउन टेक्स्टाइल्स इन्डस्ट्रिजले गुणस्तर जाँच गर्न पठाउँदा कीर्ते गरी नेपाल प्रहरीको नाममा नमुना पठाएको दाबी गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआइबीले कम्पनीका सन्चालक पिताम्बरकुमार मुन्का र कम्पनीका आधिकारिक प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ।

क्राउन टेक्स्टाइल्स इन्डस्ट्रिजले २०७३/७४ सालमा २ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार मिटर कपडा नेपाल प्रहरीलाई उपलब्ध गराएको थियो।

उक्त कपडाको गुणस्तर जाँच गर्न २०७७ साउन ३० गते  पौडेलको रोहबरमा भारतको चेन्नईस्थित एसजीएस चेन्नई ल्याबमा नमुना पठाएकोमा त्यसको दुई दिनपछि पौडेलले नेपाल प्रहरीकै नाम, नम्बर र इमेल प्रयोग गरी दोस्रो नमुना पठाएको सीआईबीले दावी गरेको छ।

यसरी थाहा भयो बदमासी 

सम्झौताअनुसार क्राउन टेक्स्टाइल्स इन्डस्ट्रिजले २०७४ साउनमा १८ हजार मिटर कपडा नेपाल प्रहरीलाई उपलब्ध गराएको थियो।

तर कपडा कमसल र गुणस्तरहिन रहेको भन्दै नेपाल प्रहरीले त्यो फिर्ता लैजान र भुक्तानी नदिने बतायो। त्यसपछि उक्त कम्पनी सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले गत साउनमा कम्पनीका प्रतिनिधीको रोहबरमा गुणस्तर जाँच गर्न फैसला गर्‍यो। अदालतको फैसलाअनुसार पौडेलको रोहबरमा गुणस्तर जाँच गर्न भारतको ल्याबमा पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीका प्रवक्ता बेल पाण्डे बताउँछन्। उनका अनुसार पौडेल आफैले गुणस्तरीय कपडाको नमुना राखेर उक्त ल्याबमा दुई दिनपछि डीएचएल गरेका थिए, नेपाल प्रहरीलाई पठाउने संस्था उल्लेख गरेर।

ल्याबले पहिलो रिपोर्ट गुणस्तर भएको उल्लेख गरेर पठाएपछि नेपाल प्रहरीका अधिकारी छक्क परेका थिए। त्यसको केही समयपछि उक्त ल्याबले दोस्रो परिक्षणको भुक्तानी मागेपछि दुईवटा नमुना पठाइएको खुलेको सीआईबीले जनाएको छ। ‘त्यसपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिती गठन गरेको थियो। त्यसले कम्पनीको बदमासी रहेको प्रतिबेदन दिएको थियो’, पाण्डे भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?