
हामी यता छौँ
कुर्सी यता उता छ
न्याय कता छ?
न्याय उतै छ
हामी यता उता छौँ
नासो कता छ ?
नासो नसा भो
उता छ यता नि छ
धुजा धुजा छ ।
हामी यता छौँ
दास यता उता छन्
जन्ता कता छन् ?
जन्ता यहीँ छन्
यता छैनन् न उता
आक्रोसमा छन् ।
घर भँडुवा
घर–माईतिघर
दुवैतिर छन् ।
डोसा–डकार्ने
सोया–हसुर्ने जाली
थोप्डा यहीँ छन् ।
भोक यहीँ छ
भोट–नोट यहीँ छ
खोट यहीँ छ ।
तिर्खा यतै छ
पानी यता कता छ ?
घाँटी उतै छ ।
हामी यता छौँ
सुकिला मुकिला छौँ
मैला माथि छौँ ।
चिल्ने यहीँ छन्
अरिङ्गाल यहीँ छन्
मैरी कता छन् ?