
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वुल्भ्सलाई १–० ले पराजित गरेको हो । युनाइटेडको जितमा इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा मार्कस राशफोर्डले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि म्यानचेस्टर युनाइटेड दोस्रा स्थानमा पुगेको छ । उसको १५ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान १५ खेलबाट ३२ अंक रहेको छ ।
पराजित भएको वुल्भ्स १६ खेलबाट २३ अंकसहित १२ औँ स्थानमा झरेको छ ।