भेरी अस्पतालमा पाँच मिनेटको फरकमा दुईजना संक्रमितको मृत्यु

भेरी अस्पतालमा पाँच मिनेटको फरकमा दुईजना संक्रमितको मृत्यु
+
-

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ५ मिनेटको फरकमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार अस्पतालमा बाँके र बर्दियाका एक–एक जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेजमा लगिएका ७३ वर्षीय पुरुषलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।

कोहलपुरमै उपचार गराइरहेका बृद्धलाई मंसिर १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । भेरीमै उनको मृत्यु भयो । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको हो । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो ।

बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’