सांसदमा निर्वाचित भएका नेताको शपथ लिन नपाउँदै कोभिड–१९ बाट निधन

सांसदमा निर्वाचित भएका नेताको शपथ लिन नपाउँदै कोभिड–१९ बाट निधन
+
-

अमेरिकी तल्लो सदनको सदस्यामा निर्वाचित भएका सांसदको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

लुइजियाना राज्यको फिफ्थ डिस्ट्रिक्टबाट हाउस अफ रिप्रिजेनटेटिभ सदस्यमा निर्वाचित भएका ४१ वर्षे लुक लेटलोको मंगलबार निधन भएको हो ।

उनी गएको डिसेम्बर ५ मा भएको रनअफ चुनावमा सांसदमा निर्वाचित भएका थिए । रिपब्लिकन पार्टीबाट निर्वाचित भएका उनले आउँदो आइतबार सांसदको शपथ लिँदै थिए । तर कोरोना भाइरससँगको युद्धमा उनी सफल भएनन् ।

उनले १८ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए । त्यसको भोलिपल्ट उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

श्रेभेपोर्टमा रहेको अस्पतालमा उपचार हुँदै गर्दा स्वास्थ्य गम्भीर बनेपछि उनलाई डिसेम्बर २३ मा सघन उपचार कक्षमा सारिएको थियो । त्यहिँ उनको मंगलबार निधन भएको हो । उनका श्रीमती र दुई साना सन्तान छन् ।

लुइजियानाका गभर्नर जोन बेल एड्वार्डसले लेटलोको निधनप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । अमेरिकामा कोभिड–१९ बाट निधन हुने लेटलो पहिलो सांसद (निर्वाचित वा सेवारत) हुन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’