गण्डकीमाथि बागमतीको सहज जीत, प्रदेश-१ सेमिफाइनलमा

गण्डकीमाथि बागमतीको सहज जीत, प्रदेश-१ सेमिफाइनलमा
+
-

दाङ-लमहीमा जारी प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीता अन्तरगत वुधबार भएको खेलमा बागमती प्रदेश र प्रदेश १ ले जीत हाँसिल गरेका छन्।

बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। यस्तै पहिलो खेलमा प्रदेश १ ले सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

दोस्रो खेलमा जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएका गण्डकीले २० ओभरमा ५ विकेट गुमाउँदै ८८ रन बनायो। गण्डकी कप्तान शीला रेग्मी क्षेत्री ५० बलमा १ चौका सहित २६ रनमा स्टम्पिङ आउट हुन पुगिन । सृष्टि पौडेल ४४ बलमा २ चौका सहित ३० रनमा क्याच आउट भइन्।

चौथो ओभरको पहिलो बलमा सुमन खतिवडाले ओपनर पुर्णता शाहीलाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाइन्। पाँचौं ओभरको पाँचौं बलमा प्रमिला बानियाँलाई कप्तान अस्मिना कर्मचार्यले २ रनमा बोल्ड आउट गरिन्।

तेस्रो विकेटका लागि शीला र सृष्टिले ६० रनको साझेदारी गरिन । निसा तामाङको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा सृष्टि विन्दा कटवालबाट क्याच आउट भइन्। निसा तामाङ, आरती बिडारी, सुमन खतिवडा र अस्मिना कर्मचार्यले १–१ विकेट लिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनाइन । बागमतीकी ओपनर विन्दा कटवालले ५८ बलमा ३ चौका सहित सर्वाधिक ३८ रनको योगदान दिइन्। विन्दाको यो राष्ट्रिय प्रतियोगितामा डेब्यू खेल हो । युवा अलराउन्डर सुमन खतिवडाले २६ बलमा ४ चौका सहित ३१ रनको योगदान दिइन ।

बागमतीले गण्डकीविरुद्ध ओपनिङ जोडीलाई परिवर्तन गर्दै अस्मिता खरेलको स्थानमा विन्दालाई ओपनिङ पठाएको थियो । ओपनर विन्दा र कन्चन श्रेष्ठले पहिलो विकेटका लागि १०.२ ओभरका लागि ७६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरिन्।

अन्चन विन्दासँग राम्रो तालमेल गर्न नसक्दा २७ रनमा रन आउट हुन पुगिन्। कन्चनले २९ बलमा १ चौका प्रहार गरिन्। १८ औं ओभरमा एलिसा लामिछानेले सुमन र विन्दालाई आउट गरिन्।

चौथो बलमा सुमन एलबिडब्लू आउट हुन पुगिन्। लगत्तै अर्को बलमा विन्दा अन्जली विश्वकर्माबाट क्याच आउट भइन्। आरती बिडारी ६ बलमा २ चौका सहित १० रनमा अविजित रहिन्। कप्तान अस्मिना कर्माचार्य ८ रनमा रन आउट भइन्।

एलिसा लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन्। गण्डकीका अन्य ६ बलर भने विकेट बिहिन रह्यो । समूह बी मा सुरुवाती दुबै खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ सेमिफाइनलमा पुगेको छ।

सुरुवाति दुई खेलमा १–१ खेल जितेका सुदूरपश्चिम र बागमतीको २–२ अंक छ। सुरुवाती दुबै खेल हारेको गण्डकी सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।

बिहिबार समूह बी का अन्तिम दुई खेलले समूह विजेता र उप विजेता निर्धारण गर्ने छ । पहिलो खेलमा हुने सुदूरपश्चिम र बागमतीबीच हुने खेलको विजेता सेमिफाइनमा पुग्ने छन् । दोस्रो खेलमा प्रदेश १ र गण्डकी खेल्ने छन्।

समूह ए बाट एपिएफ विजेता र लुम्बिनी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।

प्रदेश-१ को लगातार जीत


प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्‍यो।

खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन्। निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान दिइन्।

बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १–१ विकेट लिइन्। त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो।

सुरुवात देखि खराब ब्याटिङ गरेको सुदुर पश्चिमका लागि कविता जोशी बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन्। टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन् भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहदै ९ रनको योगदान गरिन्।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन्। आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन्। यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १–१ विकेट हात पारे।

यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो। सुदुर पश्चिमको यो पहिलो हार हो । सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’