रोनाल्डोको सपनामा अझै पनि विश्वकप, चाहना छ अझै धेरै वर्ष खेल्ने

रोनाल्डोको सपनामा अझै पनि विश्वकप, चाहना छ अझै धेरै वर्ष खेल्ने
+
-

युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै ‘धेरै वर्ष’ फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् ।

विश्वकप फुटबलको उपाधि जित्ने सपना जीवितै रहेको र त्यो आउँदा वर्षमा पूरा हुनेमा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् ।

पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो यो सिजन इटालियन सिरी ए फटबलमा सर्वाधिक गोलकर्ता हुन् ।

३५ वर्षका रोनाल्डोले अब राष्ट्रिय टिमबाट सात गोल गरेमा उनी विश्वका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्ने छन् । उनले इरानका अली दाइले १०९ गोल गरेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

रोनाल्डोल भनेका छन्, ‘उमेरले खासै अर्थ राख्दैन । अर्थ राख्ने भनेको मनस्थितिले हो ।’

उनले भनेका छन्, ‘क्रिष्टियानो रोनाल्डो राम्रो अवस्थामा छ भने यसले (उमेर) अर्थ राख्दैन । भोलि के हुन्छ कसैलाई थाहा छैन, म वर्तमानमा जिउने गर्छु । वर्तमान राम्रो छ । म खुशी छु । फिट र जीवनको राम्रो समयमा छु जस्तो लाग्छ । म धेरै वर्ष खेल्न चाहन्छु, तर के हुन्छ कसैलाई थाहा छैन ।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’