काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, मोरङमा ८, सुनसरीमा ७, धनुषामा १, पर्सामा १, काठमाडौँमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४, ललितपुरमा ४९ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा २, कास्कीमा ५०, गोरखामा १, तनुहँमा ६, नवलपरासी पूर्वमा २, म्याग्दीमा १, बाग्लुङमा ३, स्याङ्जामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुमपूर्वमा १, रुपन्देहीमा १९, डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २३६ जना कोरोना संक्रमितको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































