मुख्यमन्त्री राईद्वारा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ सांसद निलम्बित

मुख्यमन्त्री राईद्वारा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ सांसद निलम्बित
+
-

मोरङ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास  प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ जना प्रदेशसभा सांसदलाई अनुशासनको कारबाही गर्दै तीन महिनाका लागि निलम्बन गरेका छन्।

प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले देशसञ्चारसँग कुरा गर्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना सदस्यलाई निलम्बन गरेको जानकारी दिए।

गत आइतबार संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका १९ जना प्रदेश सदस्यहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरण सोधिएकामध्ये ४ जनाले मौखिक जवाफ दिएको र बिहीबार एक दिनको समय दिन माग गरेको हुँदा कारबाही नगरिएको राजभण्डारीको भनाइ छ।

यद्यपि दाहाल–नेपाल समूहका एक प्रदेश सदस्यले भने स्पष्टीकरणको जवाफ नफर्काएको बताए। उनले सामूहिक रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएको हुँदा एकल रुपमा आफूले जवाफ दिने कुरा नभएको बताए।

प्रमुख सचेतक राजभण्डारीले प्रदेश सभाको नियमित अधिवेशन माघ ७ गते अघि नै नेकपाको संसदीय दलको बैठक बोलाउने बताएका छन्।

यस्तै दाहाल–नेपाल पक्षले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाउने र भीम आचार्यलाई दलको नेता बनाउने निर्णय गरेको छ।

प्रमुख सचेतक राजभण्डारीले सो निर्णय आधिकारिक नभएको दावी गरे। दाहाल–नेपाल समूहबाट दलका उपनेता टंक आङ्बुहाङले १९ गतेका लागि बोलाएको दलको बैठकको औचित्य नभएको दाबी राजभण्डारीले गरेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’